२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाजुरामा बस दुर्घटना २४ जना घाइते

images

  • २०८३ असार ७, आइतबार
  • 651
    SHARES
  • बाजुरामा बस दुर्घटना २४ जना घाइते

    काठमाडौँ : बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै बस दुर्घटना भएको छ । आज बिहान पवनदूत यातायातको सुपप्र ०२-००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको जानकारी दिनु भएको छ ।

    उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने १ जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको कार्कीलेबताउनु भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ