२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनको मूल्य एकैदिन ८ हजार २ सय रुपैयाँ घट्यो, तोलाको कति पुग्यो ?

images

  • २०८३ जेठ २४, आइतबार
  • 666
    SHARES
  • सुनको मूल्य एकैदिन ८ हजार २ सय रुपैयाँ घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौँ : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो।

    अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको मूल्य आज घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ। तुलनात्मक रूपमा हेर्दा गत आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य ३ सय ३५ रुपैयाँले घटेर ४ हजार ८ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। गत आइतबार चाँदी प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ