२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ खिच्ने

images

  • २०८३ जेठ २०, बुधबार
  • 516
    SHARES
  • नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ खिच्ने

    काठमाडौँ : बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

    आज जेठ २० गते दिउँसो ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    निक्षेप दिन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    यो निक्षेप संकलन उपकरण ५६ दिनको अवधि रहनेछ र आउँदो साउन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

    छिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ। यस कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ