२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सेल्सबेरीको आम्दानीमा गिरावट

images

  • २०८३ जेठ १७, आइतबार
  • 946
    SHARES
  • सेल्सबेरीको आम्दानीमा गिरावट

    काठमाडौँ : सालवेज क्यास एन्ड क्यारी प्रा.लि (सेल्सबेरी) को सञ्चालन आम्दानीमा गिरावट देखिएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ।

    कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन आम्दानी २ अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ३ अर्ब १८ करोड ६० लाख रुपैयाँको तुलनामा ७.०९ प्रतिशत अर्थात् २२ करोड ६० लाख रुपैयाँले कम हो।

    खुद्रा व्यापार क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, ठूला सुपरमार्केटहरूको विस्तार तथा साना डिपार्टमेन्ट स्टोरहरूको संख्या बढ्दै जाँदा व्यवसायमा दबाब परेको कम्पनीले जनाएको छ। यद्यपि, कम्पनीले दीर्घकालीन रूपमा आधुनिक खुद्रा व्यापारप्रति उपभोक्ताको आकर्षण बढ्दै जाने विश्वास व्यक्त गरेको छ।

    विगतका तथ्यांकअनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँबाट बढ्दै आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँसम्म पुगेको थियो। त्यसपछि भने आम्दानी वृद्धिदरमा सुस्तता देखिएको छ।

    सन् २०१४ मा स्थापना भएको कम्पनीले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्डमार्फत काठमाडौं, ललितपुर र पोखरामा खुद्रा व्यापार सञ्चालन गर्दै आएको छ। हाल कम्पनीका ३५ वटा स्टोर सञ्चालनमा रहेका छन्। कम्पनीले ठूला स्टोरसँगै साना स्टोर विस्तार रणनीति अपनाएको छ । जसले कम पुँजीगत खर्चमा व्यवसाय विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कम्पनीले व्यापारसँगै भाडा आम्दानीबाट पनि आय विविधीकरण गरिरहेको जनाएको छ। महाराजगञ्ज, सातदोबाटो र पोखरास्थित सम्पत्तिबाट प्राप्त भाडा आम्दानीले नगद प्रवाह तथा ऋण भुक्तानी क्षमतामा सहयोग पुग्ने विश्वास कम्पनीको छ।

    यद्यपि, पछिल्ला वर्षहरूमा स्टोर विस्तार र पूर्वाधार विकासका लागि ठूलो मात्रामा ऋण प्रयोग गरिएकाले कम्पनीको ऋणभार बढ्दै गएको छ। हाल कम्पनीको कुल ऋण २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसमा १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ९६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल ऋण २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ