२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

images

  • २०८३ जेठ ३, आइतबार
  • 531
    SHARES
  • सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ : सुनचाँदीको मूल्य पछिल्ला दिनमा लगातार घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ कायम गरेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ५ सय रुपैयाँले कम हो। 

    यसअघि शुक्रबार पनि मूल्य ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी दुई कारोबार दिनमै सुन प्रतितोला ८ हजार ५ सय रुपैयाँले सस्तो भएको छ।

    यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार चाँदीको मूल्य ५ हजार ७ सय ४५ रुपैयाँ थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ