२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनआईसी एशिया बैंकले ५०% हकप्रद सेयर निष्काशन प्रस्ताव गर्दै जेठ १८ गते वार्षिक साधारण सभा आह्वान

images

  • २०८३ वैशाख २२, मंगलबार
  • 651
    SHARES
  • एनआईसी एशिया बैंकले ५०% हकप्रद सेयर निष्काशन प्रस्ताव गर्दै जेठ १८ गते वार्षिक साधारण सभा आह्वान

    काठमाडौँ : एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे काठमाडौँस्थित भद्रकालीमा सभा गर्ने निर्णय गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना अघि बढाएको छ। यसअनुसार २ बराबर १ अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गरिने प्रस्ताव साधारण सभामा पेश हुनेछ। उक्त हकप्रद सेयरमार्फत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ