काठमाडौँ : आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ भएको छ । अघिल्लो कारोबार दिन भने २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन भने ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।



