२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ग्राहकलाई सहज पहुँच: एनआईसी एशिया बैंकको डिजिटल लिलाम सेवा

images

  • २०८३ वैशाख ४, शुक्रबार
  • 481
    SHARES
  • ग्राहकलाई सहज पहुँच: एनआईसी एशिया बैंकको डिजिटल लिलाम सेवा

    काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका  लिलाममा रहेका बैंकिङ, गैर-बैंकिङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरू सम्बन्धी विस्तृत जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले अनलाइन लिलाम पोर्टल सञ्चालनमा ल्याएको छ ।

    जहाँ इच्छुक व्यक्तिहरूले सम्पत्तिको स्थान, विवरण, फोटो तथा अन्य आवश्यक सूचना एउटै माध्यमबाट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

     यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ ।

    यसरी ग्राहक महानुभावहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नुहुने बैंकले विश्वास लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ