काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण आइतबार सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ । प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गर्नुभएको छ।
यसका साथै काठमाडौँमा ५ आना जग्गा रहेको पनि जनाइएको छ । पारिवारिक सम्पत्तिः धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह (आमा) को नाममा रहेको उल्लेख छ ।
त्यस्तै महोत्तरीमा रामनारायण शाह (बुवा) को नाममा ९ बिघा जग्गा रहेको विवरणमा जनाइएको छ । श्रीमती सविना काफ्लेको नाममा १ सय ९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । जसलाई पैतृक सम्पत्तिको रूपमा जनाइएको छ । प्रधानमन्त्री कार्यालयमार्फत आइतबार प्रधानमन्त्री शाहको सम्पत्ति विवरण सार्वजनिक भएको थियो ।



