२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपिएल क्वालिफायर: सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हाईभोल्टेज भिडन्त

images

  • २०८२ मंसिर २३, मंगलबार
  • 621
    SHARES
  • एनपिएल क्वालिफायर: सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच हाईभोल्टेज भिडन्त

    काठमाडौँ : नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ।

    खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ। लिग चरणमा शानदार प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। आजको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता लुम्बिनी लायन्स र काठमान्डु गुर्खाज मध्य एक टोलीसँग खेल्नुपर्नेछ।

    उत्कृष्ट सुरुवातका बाबजुद बीचमा लय छोडे पनि अन्तिम खेलमा सम्हालिएको विराटनगर अर्को बलियो दाबेदार हो।

    राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरबीचको खेललाई जारी संस्करणको हाईभोल्टेज खेलका रुपमा समेत हेरिएको छ। तीन दिनअघि मात्रै भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो।

    गत संस्करण जस्तै यसपटक पनि सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर प्लेअफ खेल्दैछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ