२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फागुन २१ को निर्वाचनका लागि ६८ राजनीतिक दल दर्ता

images

  • २०८२ मंसिर ९, मंगलबार
  • 771
    SHARES
  • फागुन २१ को निर्वाचनका लागि ६८ राजनीतिक दल दर्ता

    काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले जानकारी दिनुभयो ।

    नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएका छन् । आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।

    उहाँले बाँकी सबै राजनीतिक दलहरूलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो । प्रवक्ता पन्थले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

    विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि उहाँको भनाई छ । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताउनुभयो 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ