२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनपिएलमा आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

images

  • २०८२ मंसिर ९, मंगलबार
  • 931
    SHARES
  • एनपिएलमा आज काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै

    काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा आज एक खेल हुँदैछन्। आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे प्रतिस्पर्धा हुँदैछ।

    लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेल सम्हाल्नेछन् भने काठमाडौँ गुर्खाजलाई कारण केसीले नेतृत्व गर्नेछन्। प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाडौँको चौथो खेल हो ।

    यसअघि, काठमाडौँको भने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो  तर, दोस्रो र तेस्रो खेलमा  सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ रन र ५ विकेटले हार व्यहोरेको थियो ।

    यता, लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो  बने दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध ९ विकेटको  पराजित भएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ