काठमाडौँ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १ सय ४९ राजस्व सङ्कलन गरेको छ।
सोही अवधिमा गत आवमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६ सय ५७ सङ्कलन भएको थियो। गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको जानकारी दिनुभयो ।
चालु आवको हालसम्म आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय सङ्कलन भएको छ। गत आवको यस अवधिमा १ अर्ब ९९ लाख दुई लाख ६७ हजार ६ सय ९५ राजस्व सङ्कलन भएको थियो।
चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ। उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७ सय ३८ सङ्कलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २ सय ७६ सङ्कलन भएको छ।
यस वर्ष वहाल कर असुली बढेको बताउँदै उहाँले गत वर्ष यस अवधिमा रु ९४ करोड ८५ लाख २८ हजार १ सय ५४ सङ्कलन भएकामा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० सङ्कलन भएको जानकारी दिनुभयो ।
गत वर्षको यस अवधिमा २२ करोड ८७ लाख ८ हजार ७ सय ८ व्यवसाय कर सङ्कलन भएकामा चालु आवको हालसम्म २३ करोड ३२ लाख ३६ हजार १ सय ७० असुली भएको छ।



