काठमाडौँ : नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३ सय ४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार १ सय ३४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज एभरेष्ट बैक डिभेन्चरको शेयर ३.५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा साहास उर्जाको २२ करोड ९१ लाखको कारोबार भएको छ भने बरुण हाइड्रोको १५ करोड ६८ लाख बराबर कारोबार भएको छ ।



