२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जेन–जी आन्दोलनका क्षतिपछि निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी, ३ अर्ब ६८ करोड भुक्तानी

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.3K
    SHARES
  • जेन–जी आन्दोलनका क्षतिपछि निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्बभन्दा बढीको दाबी, ३ अर्ब ६८ करोड भुक्तानी

    काठमाडौँ : भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा हालसम्म कूल रू. २३ अर्ब ४६ करोड ९१ लाख बीमा दाबी परेको छ ।त्यसमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको दाबी रकम करिव रू १९ अर्ब ४ करोड ९ लाखमध्ये करिव रू। २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिव रू. ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिव रू  ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।

    यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव रू. ५४ करोड ७५ लाख दाबी रकममध्ये करिव रू. ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव रू १ करोड ६८ लाख दाबी रकममध्ये करिव रू. ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव रू. ३९ करोड ३० लाख दाबी रकममध्ये करिव रू २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ