२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन्स बैंक र एकता बुक्सबीच सम्झौता, ग्राहकलाई विशेष छुट गरिने

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.2K
    SHARES
  • सिटिजन्स बैंक र एकता बुक्सबीच सम्झौता, ग्राहकलाई विशेष छुट गरिने

    काठमाडौँ : सिटिजन्स बैंकका ग्राहकलाई एकता बुक्समा विशेष छुट गरिने भएको छ । बैंक र एकता बुक्सबीच भएको सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

    बैंकले यस्ता सहकार्य कार्यक्रमहरूले ग्राहकलाई प्रत्यक्ष फाइदा दिने र नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ प्रोत्साहित गर्ने विश्वास प्रकट गरेको छ। डिजिटल बैंकिङ विस्तारका लागि बैंक समय–समयमा ग्राहकमैत्री सुविधाहरू सार्वजनिक गर्दै आएको छ। छुट तथा योजनासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिन्छ।

    विश्वव्यापी प्रतिष्ठित बैंक अफ द ईयर २०२४ु उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले यसअघिदेखि नै विभिन्न नवप्रवर्तन सेवाहरू सञ्चालनमा ल्याएको छ। सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ४८ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ