२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य,सामान खरिद गर्दा विशेष छुट

images

  • २०८२ कात्तिक २५, मंगलबार
  • 1.4K
    SHARES
  • महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य,सामान खरिद गर्दा विशेष छुट

    काठमाडौँ : महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभहरू प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नितिअनुरुप दराजनेपाल सँग सहकार्य भएको हो।

    यस सहकार्यअन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरूले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्तगर्न सक्नेछन्।

    ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानीगर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय सम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट प्राप्त गर्न सक्नेछ्न। छुटको लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नुपर्नेछ। योजनाअवधीभर सहभागी हुने ग्राहकहरूलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ