२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

images

  • २०८२ कात्तिक १७, सोमबार
  • 486
    SHARES
  • नेपाल एसबिआई बैंकको अध्यक्षमा वेंकट वंसीधर कुंचा चयन

    काठमाडौँ : नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको मिति २०८२–०७–१४ मा बसेको ५ सय ३६ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनु भएका संचालक वेंकट वंसीधर कुंचालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको छ ।

    अध्यक्ष वेंकट वंसीधर कुंचा, एस।बी।आई।को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । वहाँले एस।बी।आई। को२९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नु हुन्छ ।

    नेपाल राष्ट्र बैंकका गर्भनर प्रा।डा। विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष वेंकट वंसीधर कुंचालाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोह बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ