२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शनिबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

images

  • २०८२ कात्तिक १३, बिहीबार
  • 591
    SHARES
  • शनिबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : हाल सक्रिय रहेको ‘मोन्था’ चक्रवातका कारण देशका अधिकांश भागमा शनिबार बिहानसम्म वर्षा हुने मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशहरूमा मध्यम खालको वर्षा देखिने अनुमान गरिएको छ।

    विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउने अपेक्षा गरिएको छ। उनले आगामी २४ घण्टासम्म काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा पनि वर्षा हुने जानकारी दिइन्। यद्यपि, सबै स्थानमा लगातार वर्षा भने नहुने स्पष्ट पारिएको छ।

    यसैबीच, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। मौसमको यो अवस्थाले जनजीवनमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ