२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै, करिब १७ लाख आवेदकको हात खाली

images

  • २०८२ कात्तिक १२, बुधबार
  • 466
    SHARES
  • श्रीनगर एग्रीटेकको आइपीओ आज बाँडफाँड हुँदै, करिब १७ लाख आवेदकको हात खाली

    काठमाडौँ : श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आइपीओ) आज कात्तिक १२ गते, बुधबार बाँडफाँड हुँदैछ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बाँडफाँड कार्यक्रम बिहान १०:३० बजे कम्पनीको कार्यालयमा हुनेछ।

    कम्पनीले असोज २६ गतेदेखि २९ गतेसम्म २५ लाख १० हजार ४ सय ९३ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो। उक्त आइपीओमा १९ लाख ४२ हजार ६ सय ८२ जना लगानीकर्ताले करिब २ अर्ब १७ करोड रुपैयाँ बराबरको २ करोड १७ लाख कित्ताका लागि आवेदन दिएका थिए। यो माग कम्पनीले निष्कासन गरेको सेयर संख्याको करिब ८.६४ गुणा बढी हो।

    माग अत्यधिक भएकाले सेयर बाँडफाँड गोलाप्रथामार्फत हुनेछ। १० कित्ताका दरले बाँडफाँड गर्दा जम्मा २ लाख ५१ हजार ४९ जनाले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी करिब १६ लाख ९१ हजार आवेदक भने सेयर नपाएर खाली हात पर्नेछन्

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ