२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव

images

  • २०८२ कात्तिक १०, सोमबार
  • 496
    SHARES
  • गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव

    काठमाडौँ : ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा एक गर्भवती महिलाको मृत्युपछि उत्पन्न तनाव अझै चर्किएको छ।

    गत शुक्रबार मीना राईको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि अस्पतालको लापरबाहीको आरोप लगाउँदै मृतकका आफन्तले प्रदर्शन चर्काएका हुन्। मृतकका आफन्तले अस्पताल परिसरमा भेला भई प्रहरीको घेरा तोड्दै तोडफोड गरेका छन्। उनीहरूले ढुंगामुढा समेत गरेका थिए, जसका कारण केही व्यक्ति घाइते भएको बताइएको छ।

    प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पार्नुपरेको थियो। अस्पताल चारैतिरबाट प्रहरीको घेराबन्दीमा राखिएको छ। आक्रोशित आफन्तहरूका अनुसार अस्पतालले अहिलेसम्म कुनै संवादको पहल नगरेको छ। उनीहरूले अस्पताल प्रशासनको मौनतालाई लापरबाहीको प्रमाणका रूपमा व्याख्या गरेका छन्।

    मृतकका परिवारले अस्पतालको गम्भीर लापरबाहीले गर्भवती महिलाको ज्यान गएको दाबी गरेका छन्।-उनीहरूले अस्पताल बन्द गर्नुपर्ने र मृतकलाई न्याय दिनुपर्नेमाग राख्दै प्रदर्शन चर्काएका छन्।

     तनाव चर्किएपछि अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीलाई कठिनाइ भएको बताइएको छ।  स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूले स्वास्थ्य संस्थाको जवाफदेहीपन र पारदर्शिताको माग गर्दै घटनाको छानबिन गर्न सरकारसँग आग्रह गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ