काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको स्वाधीनता र आत्मसम्मानको पक्षमा उभिन सबै समाजवादप्रेमी नागरिकलाई कात्तिक २० गते काठमाडौंमा भेला हुन आह्वान गरेका छन्।
हालै सम्पन्न पार्टी बैठकले राजधानीमा बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामार्फत देशको समृद्धि र स्वाभिमानका लागि जनताको एकता अपरिहार्य रहेको सन्देश दिन खोजिएको छ।
महासचिव चन्दका अनुसार, देशको परिवर्तन बाह्य शक्तिबाट होइन, नेपाली जनताकै सक्रिय सहभागिताबाट सम्भव छ। भ्रष्टाचार, कमिसन, तस्करी, दलाली र परजीवी प्रवृत्तिको अन्त्य गर्दै स्वाधीन राष्ट्र निर्माण गर्न सबैले अग्रसर हुनुपर्ने उनको भनाइ छ।
उनले भनेका छन्, “देशलाई हामी आफैँले चलाउनुपर्छ। जब जनविरोधी तत्वहरू हट्नेछन्, तब मात्र आत्मसम्मानसहितको समृद्धि सम्भव हुनेछ। त्यसैले समाजवाद र स्वाधीनताको पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ।



