काठमाडौँ : सुनको मूल्य सोमबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोलामा २ हजार रुपैयाँ ले घटेको हो।
जसअनुसार आजको कारोबार मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ तोकिएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार २ हजार ९ सय ८० कायम भएको छ।



