काठमाडौँ : सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले कुल १०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा ५% बोनस शेयर र ५.५३% नगद लाभांश (करसहित) समावेश छ।
बैंकको हालको चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ९० रुपैयाँ छ। यसबाट ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ७७ करोड ९१ लाख ७५ हजार ९ सय ५ रुपैयाँबराबरको नगद लाभांश वितरण गरिनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ र त्यसपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।



