काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९ सय रुपैयाँ बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार तोलामा २ हजार २ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको महासंघ जनाएको छ।



