२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

युनिभर्सल पावर कम्पनीद्वारा लाभांश र हकप्रद शेयरको घोषणा

images

  • २०८२ भदौ ३०, सोमबार
  • 951
    SHARES
  • युनिभर्सल पावर कम्पनीद्वारा लाभांश र हकप्रद शेयरको घोषणा

    काठमाडौँ : युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

    लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण हुनेछ। जुन असोज २३ गते आयोजना हुने छ।लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसैले, असोज ८ गतेभन्दा अघिसम्म कम्पनीको शेयरधनीका रूपमा कायम हुने व्यक्तिहरूले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    उक्त सभा ललितपुरको तीखेदेवलस्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्युमा बिहान १० बजे सुरु हुनेछ। कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।साथै, साधारणसभाले लाभांश पारित गरेपछि शेयरधनीहरूले यसको लाभ लिन सक्नेछन्। 

    सभामा आर्थिक वर्ष २०७९/८० देखि २०८१/८१ सम्मको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरिनेछ। कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति दिनेछ। स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विषय पनि सभाको कार्यसूचीमा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ