काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण लगायतका सम्पूर्ण सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको जनाएको छ।
विभागले आइतबार एक सूचना जारी गर्दै यो अप्रत्याशित बन्दको कारण खुलाएको छ। सूचना अनुसार, विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी/लुटपाटले गर्दा इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा ठूलो क्षति पुगेको छ।
विभागले क्षतिको आकलन गरी मर्मत र प्रणाली पुनर्स्थापनाका लागि कति समय लाग्ने भन्ने बारेमा केही बताएको छैन। अर्को सूचना जारी नभएसम्मका लागि सेवाग्राहीहरूलाई धैर्य धारण गर्न विभागले आग्रह गरेको छ।




