काठमाडौँ : आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिजो सुनको मूल्य तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
यससँगै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ५ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो।



