२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आजदेखि ‘सिटिजन्स सदाबहार योजना’को इकाइ निष्कासन खुला

images

  • २०८२ असार १३, शुक्रबार
  • 536
    SHARES
  • आजदेखि ‘सिटिजन्स सदाबहार योजना’को इकाइ निष्कासन खुला

    काठमाडौँ : ‘सिटिजन्स सदाबहार योजना’ आज  शुक्रबारदेखि बिक्री गरिएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस खुलामुखी योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल रहेको छ ।

    योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड इकाइ बिक्रीमा आउनेछ । कुल ५ करोड इकाइमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको कम्तीमा १५ प्रतिशत इकाइ सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी ४ करोड २५ लाख इकाइ सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ । 

    लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख इकाइको माग गरी १३ असारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएमा २७ असारसम्म म्याद थप हुने सिटिजन्स क्यापिटलले जनाएको छ ।

    खरिदकर्ताले मेरो सेयर खाता वा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँटपश्चात् एसआइपीमार्फत थप इकाइ निष्कासन गरिने पनि बताइएको छ ।

    सिटिजन्स म्युचुअल फन्ड–१ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षमा वितरण गरिएको प्रतिफलसमेत प्रतिइकाइ लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ