२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बीमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड : ‘रिलायबल समृद्धि योजना बाँडफाँट

images

  • २०८२ वैशाख १९, शुक्रबार
  • 1.2K
    SHARES
  • बीमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड : ‘रिलायबल समृद्धि योजना बाँडफाँट

    काठमाडौँ : नेपाली बीमा क्षेत्रमा पहिलोपटक सुरु गरिएको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ अन्तर्गत सर्वसाधारणलाई इकाइ बाँडफाँट गरिएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा ल्याइएको यो योजना हालै धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमार्फत बाँडफाँट गरिएको हो।

    उक्त म्युचुअल फन्ड योजना वैशाख ३ गतेदेखि ७ गतेसम्म बिक्री खुला गरिएको थियो। योजनाअन्तर्गत कुल १२ करोड इकाइ बाँडफाँट गरिएको छ, जसको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ तोकिएको थियो। कुल रकम १ अर्ब २० करोड रुपैयाँ बराबर रहेको छ।

    बाँडफाँटअनुसार, १ करोड ७२ लाख ९१ हजार ९ सय ६० इकाइ कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई प्रदान गरिएको छ भने योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई १२ लाख ३५ हजार १४० इकाइ छुट्याइएको छ। बाँकी रहेका १० करोड १४ लाख ७२ हजार ९ सय इकाइ सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको हो।

    ‘रिलायबल समृद्धि योजना’ बन्दमुखी किसिमको योजना हो, जसको अवधि १० वर्षको हुनेछ। इकाइ बाँडफाँट प्रक्रिया सम्पन्न भएपछि योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने र त्यसपछि दोस्रो बजारमा खरिद–बिक्री गर्न मिल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ