काठमाडौँ : साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर रु. १ लाख ८९ हजार ६ सय रुपैयाँमा झरेको छ भने हिजो बिहीबार उक्त सुन १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला दश रुपैयाँले घटेर २ हजार रुपैयाँमा पुगेको छ भने हिजो बिहीबार २ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ६२ हजार ५ सय ५० र प्रति १० ग्राम चाँदीको मूल्य १ लाख ७ हजार १४ सय ५० रुपैयाँ कायम भएको छ।



