२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा: लेखापालमाथि तीन करोडको राजस्व हिनामिना आरोप

images

  • २०८१ चैत २७, बुधबार
  • 1.6K
    SHARES
  • सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा: लेखापालमाथि तीन करोडको राजस्व हिनामिना आरोप

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ। अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो ।

    समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ। लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो।

    सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ। करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ।

    यसबारे अख्तियार सुर्खेतले भने गोप्य अप्रेसन भएको भन्दै थप जानकारी दिएको छैन । ‘यो गोप्य अप्रेसन हो । यसबारे म तपाईंलाई कुनै पनि जानकारी दिन सक्दिन’, कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले भने। हाल अनुसन्धान प्रक्रिया जारी रहेको र थप अनुसन्धानपछि कारबाही अघि बढाइने अख्तियारले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ