२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

images

  • २०८१ चैत १२, मंगलबार
  • 1.3K
    SHARES
  • ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

    काठमाडौं : नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी, प्रभावकारी र भविष्यमुखी बनाउन आफ्नो दृष्टिकोण र राय राखेका हुन् ।


    प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई-गभर्नेन्स बोर्डले विद्युतीय सुशासनमार्फत आर्थिक पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउने रणनीतिसहित ई-गभर्नेन्स ब्लुप्रिन्टको मस्यौदा ल्याएको थियो । यसमा सरोकारवालाका तर्फबाट सुझाव दिने क्रममा सीएसआरआई नेपाल र एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरणदेखि साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्ने विषय उठाएका छन् ।


    साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा एनपीसर्टको जोड


    एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरण र साइबर सुरक्षा सुधारमा जोड दिँदै सरकारी निकायहरूको भूमिका स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएको छ । एनपीसर्टले ई-गभर्नेन्स कार्यक्रमहरूको प्रभावकारी निगरानीका लागि कानुनी आधारमा केन्द्रीय निकाय स्थापना गर्नुपर्ने र मन्त्रालय तथा विभागहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिएको छ ।


    ई-गभर्नेन्स ब्लुप्रिन्टलाई अझ स्पष्ट र विशिष्ट बनाउनुपर्ने भन्दै एनपी सर्टले  डिजिटल नेपाल फ्रेमवर्कसँग मिल्ने गरी तयार पार्न सुझाव दिएको छ । साथै, एनपीसर्टले राष्ट्रिय डेटा सेन्टरको स्थापना, साइबर सुरक्षा केन्द्रको सुदृढीकरण र क्लाउड कम्प्युटिङको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरेको छ । यसो भएमा डिजिटल संरचना मजबुत हुने र सुरक्षित ब्याकअप प्रणाली स्थापना गर्न मद्दत पुग्ने संस्थाको राय छ ।


    त्यस्तै, निजी डेटा सुरक्षा कानुनको कार्यान्वयन र डिजिटल परिचय प्रणालीको सुरक्षा सुनिश्चित गर्ने पक्षमा पनि एनपीसर्टले सुझाव दिएको छ ।


    डिजिटल सेवामा नैतिकता र नागरिक विश्वासमा विशेष ध्यान दिन सीएसआरआई नेपालको आग्रह

    सीएसआरआई नेपालले डिजिटल सेवाको नैतिक प्रयोग र नागरिक विश्वासमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ । सरकार र नागरिकको बीचमा विश्वास कायम हुनुपर्ने भन्दै सीएसआरआईले डिजिटल सेवाले नागरिकको सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरेको छ । 


    सीएसआरआईले डिजिटल विभाजन हटाउनका लागि ग्रामीण क्षेत्रमा इन्टरनेट र अन्य पूर्वाधार सुधार गर्नुपर्ने र डिजिटल साक्षरता कार्यक्रमहरू सातै प्रदेशमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।


    साथै, ब्लकचेन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको प्रयोग गरेर प्रतिक्रिया प्रणाली (रेस्पोन्स सिस्टम) लाई सुरक्षित र पारदर्शी बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।


    मुलुकी अपराध संहिता र अन्य कानुनी व्यवस्थाहरूलाई अपडेट गर्नुपर्ने र नेपालको साइबर कानुनलाई विश्वव्यापी साइबर सुरक्षा प्रचलनसँग मिलाउनुपर्ने सुझाव पनि राखिएको छ ।


    सीएसआरआईले सबै मन्त्रालयहरूमा सूचना प्रविधि शाखा स्थापना गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय सरकारहरूबीच डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नुपर्ने र विश्वविद्यालयलाई शैक्षिक पाठ्यक्रम सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग राखेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ