२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ह्वाट्सएपमा नयाँ एआई फिचर: अब म्यासेजलाई फरक स्टाइलमा लेख्न सकिने

images

  • २०८१ चैत ११, सोमबार
  • 1.0K
    SHARES
  • ह्वाट्सएपमा नयाँ एआई फिचर: अब म्यासेजलाई फरक स्टाइलमा लेख्न सकिने

    काठमाडौँ : ह्वाट्स एप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म हो । यो प्लेटफर्ममा प्रयोगकर्ताले एआई फिचर्स समेत पाउने गर्छन् । यो प्लेटफर्ममा मेटा एआईको फिचर्स समेत उपलब्ध छ ।

    यस्तोमा ह्वाट्सएपमा अन्य नयाँ एआई फिचर्स समेत आउने भएको छ । रिपोटर्सका अनुसार कम्पनीले एआई पावर्ड रि–राइट फिचरमाथि काम गरिरहेको छ । रि–राइट फिचरको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई अलग–अलग स्टाइलमा लेख्न सक्नेछन् ।

    यो फिचरले प्रयोगकर्ताको म्यासेजलाई प्र्रूफरिड समेत गर्नेछ । यसका साथै,ह्वाट्सएपले मेटा एआईका लागि टु–वे लाइभ भ्वाइस च्याट फिचरमा समेत काम गरिरहेको छ ।

    एन्ड्रोइड अथोरिटीको रिपोर्टका अनुसार ह्वाट्सएपले टेक्स्ट रि–राईटिङ फिचरमा काम गरिरहेको छ । जुन एआईमा आधारित हुनेछ । यो फिचरको बारेमा एन्ड्रोइड एप्लिकेशन प्याकेज अर्थात ‘एपीके’बाट जानकारी प्राप्त गर्न सकिनेछ । यो फिचरलाई एन्ड्रोइड भर्जन २.२५.८.५ मा स्पट गरिएको छ ।

    तथापी यो फिचर अहिले भिजिबल भने छैन । जसका कारण यसलाई अहिले नै बसैले पनि प्रयोग गर्न भने गर्न सक्दैनन् । एआई रि–राइट फिचर एउटा फ्लोटिङ एक्सन बटनको रुपमा उपलब्ध हुनेछ । यो बटन पेन्सिल आईकनको रुपमा हुनेछ । जुन सेन्ड बटनको माथि देखिनेछ । यो बटन प्रयोगकर्ताले केही टाइप गरेभने मात्रै देखिनेछ ।

    केही शब्द टाइप गरेपछि प्रयोगकर्ताले यो पेन्सिल आईकनमा ट्याप गर्नुपर्ने हुन्छ । यहाँ ट्याप गर्यो भने प्रयोगकर्तालाई टेक्स्ड एडिटरको एक्सेस प्राप्त हुनेछ । यसको सहायताले प्रयोगकर्ताले टेक्स्ड रि–राईटिङ अप्शनको फिचर प्राप्त गर्नेछन् ।

    यसको सहायताले प्रयोगकर्ताले आफ्नो म्यासेजलाई फनी, रिफ्रेज,सापेर्टी र अन्य तरिकाबाट परिवर्तन गर्न सक्छन् । तथापी ह्वाट्सएपको यो फिचर कहिलेसम्म लञ्च हुन्छ भन्नेबारे केही पनि उल्लेख छैन । अहिलेलाई भने यो प्लेटफर्ममा प्रयोगकर्ताले मेटा एआई फिचर प्रयोग गर्न सक्छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ