२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
विश्व वित्तीय सप्ताह २०२५

दिव्या सेक्युरिटिज एन्ड स्टक हाउसद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

images

  • २०८१ चैत ८, शुक्रबार
  • 6.4K
    SHARES
  • दिव्या सेक्युरिटिज एन्ड स्टक हाउसद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौँ : सामाजिक उत्तरदायित्व तथा विश्व वित्तीय सप्ताह २०२५ (Global Money Week- 2025) को अवसरमा दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रा.लि. ( ब्रोकर नं ५९ ) द्वारा नेपाल धितोपत्र बजारसम्बन्धी सामुदायिक वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

    कम्पनीले शुक्रबार धितोपत्र बजारसम्बन्धी कलेज केन्द्रित वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम काठमाडौँ महानगरपालीका ३१, पुरानो बानेश्वर स्थित KCMIT कलेजमा भएको कम्पनीले जनाएको छ।

    कार्यक्रममा दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस प्रा.लि का कार्यालय प्रमुख निर्दोष लम्साल, विशारद वाग्ले, रबिन कार्की, बिक्रम सिन्जाली तथा कलेजका विद्यार्थीहरूसंग धितोपत्र बजार, बचत तथा लगानीका विविध पक्षहरूबारे छलफल गरेका थिए।

    उक्त कार्यक्रमले विद्यार्थीहरूलाई पूँजी बजार, शेयर कारोबार, लगानीका सम्भावना तथा जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गर्यो। सहभागीहरूले नेपाल स्टक एक्सचेन्ज (NEPSE), प्राथमिक तथा द्वितीयक बजार, IPO, FPO, म्युचुअल फण्ड लगायतका वित्तीय साधनहरूको बारेमा विस्तृत ज्ञान प्राप्त गरेका छन्।

    दिव्या सेक्युरिटिजका प्रतिनिधिहरूले वित्तीय अनुशासन, डिजिटल कारोबार, तथा लगानी रणनीति सम्बन्धी महत्वपूर्ण विषयहरूमा प्रकाश पार्दै, युवाहरूलाई वित्तीय रूपमा सचेत बन्न प्रेरित गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीले हरेक वर्ष यस्तो प्रकारको वित्तीय सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ