२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु

images

  • २०८१ चैत ५, मंगलबार
  • 1.9K
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु

    काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले नयाँ अभियान टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्नुहुनेछ, जसमा बम्पर उपहार  iPhone १६ पनि रहेको छ ।

    यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत् ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो ।मोबाइल टपअप र Fonepay Direct कारोबारलाई प्रवद्र्धन गर्दै बैंकले डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने लक्ष्य राखेको छ ।

    यस अभियानमा सहभागी हुन ग्राहकहरूले   मोबाइल बैंकिङ् एपमार्फत् Fonepay Direct कम्तीमा रु. १०० को मोबाइल टपअप र कम्तीमा रु. ५०० का Fonepay Direct कारोबार गर्नुपर्नेछ । यी कारोबार पुरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नुहुनेछ ।

    यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले रु. १०० को मोबाइल टपअप प्राप्त गर्न सक्नुहुनेछ । साथै अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ  iPhone १६ उपहार जित्न सक्नुहुनेछ ।

    यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गर्दछ । थप जानकारीका लागि नजिकको आरबीबी शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ