२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ फागुन २०, मंगलबार
  • 756
    SHARES
  • पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहँदा, लुम्बिनी प्रदेशमा आंशिक बदली देखिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    यसै गरी, आज दिउँसो कर्णाली, सुदूरपश्चिम, कोशी तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्हरूको अनुमान छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    यस्तै, कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ।

    हिमपात र वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ