२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८१ फागुन ९, शुक्रबार
  • 1.2K
    SHARES
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : सिटिजन लाइफ इन्स्योरेन्सद्वारा लाभांष घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न २८.४ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा २६.९८ प्रतिशत बोनस शेयर र १.४२ प्रतिशत नगद लाभांश रहेको छ। 

    कम्पनीको सञ्चालक समितिले फागुन ८ गतेको बैठकमा उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीले चुक्तापुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश नियमनकारी निकायको स्वीकृतिपश्चात आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय पनि कम्पनीले जनाएको छ।

    आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सिटिजन लाइफले चुक्ता पुँजीकाे ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    download (1).png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ