२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

images

  • २०८१ फागुन ५, सोमबार
  • 651
    SHARES
  • देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

    काठमाडौँ : गृह मन्त्रालयले देशभर २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

    मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजारभन्दा बढी अनुचित लेनदेनका उजुरीहरू अहिले पनि रहेको बताए । उनले उजुरीहरूलाई फछ्र्यौट गर्ने कुरामा मन्त्रालयले तीव्रताका साथ कम गरिरहेको जानकारी दिए ।


    त्यस्तै, सहकारी ठगीका मुद्दा आ.व.०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताए । त्यसमा ४३ जना पक्राउ पर्नुका साथै पाँच अर्बभन्दा बढीको बिगो रकम माग दाबी गरिएको जानकारी दिए ।

    सहकारी सम्बन्धी मुद्दामा ३ सय ५० जना मानिस फरार रहेको बताए । मन्त्रालयले बेरुजु फछ्र्यौटलाई शून्य बनाउन काम गरिरहेको उल्लेख गरे । उनले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुर्व्यसन, साइबर अपराधका घटनाहरू अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ