२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर

images

  • २०८१ पुस १५, सोमबार
  • 2.2K
    SHARES
  • दीपेन्द्र सिंह ऐरी बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर

    काठमाडौं : नेपाली क्रिकेटका उदाउँदा स्टार दीपेन्द्र सिंह ऐरी ओमोड़ा एन्ड जेइकोका ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ मा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि जितेका र सुदूरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोडा एन्ड जेइकोले ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको हो।

    कार्यक्रमका क्रममा ऐरीले आफ्नो नियुक्तिमा खुसी व्यक्त गर्दै भने, "किफायती मूल्यमा अत्याधुनिक सुविधासहितको यो फ्युचरिस्टिक इभी आफ्नो सेगमेन्टमा उत्कृष्ट छ। नवप्रवर्तन र आधुनिक प्रविधिको अग्रभागमा रहेको ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म निकै उत्साहित छु।"

    सो समारोहमा शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा लगायत अन्य पदाधिकारी, नेपाल क्रिकेट संघका प्रतिनिधिहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार र मिडियाकर्मीहरूको उपस्थिति थियो।

    omoda-e5-dipendra.jpg

    यसै अवसरमा, एसपीजी अटोमोबाइल्सले दीपेन्द्र सिंह ऐरीलाई एनपिएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कारस्वरूप ओमोडा इ–फाइभको साँचो हस्तान्तरण गरेको थियो। साँचो हस्तान्तरण गर्दै गौरव शारडाले भने, "दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० पुरुष अलराउन्डरको दोस्रो स्थानमा रहेका नेपाली क्रिकेटका एक उज्ज्वल भविष्य हुन्। आफ्नो प्रदर्शन र लगावका कारण उनी नेपाली र विश्व क्रिकेटका उदाउँदो खेलाडीमध्ये एक बनेका छन्। यस्तो प्रतिभाशाली खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित छौं।"

    ओमोडा एन्ड जेइको यस वर्षको एनपिएलको पहिलो संस्करणमा ‘ड्रिभन बाइ’ सह-प्रायोजक रहेको थियो। यो साझेदारीमार्फत ब्रान्डले नेपाली क्रिकेटको विकास र खेलकुदको समग्र प्रगतिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ