२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

images

  • २०८१ पुस १५, सोमबार
  • 1.8K
    SHARES
  • अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

    काठमाडौँ : १ सय वर्षको उमेरमा जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा आइतबार कार्टरको निधन भएको हो।
    उनका छोरा चिप कार्टरले रोयटर्ससँग उनका निधनको पुष्टि गरेका छन्।

    कार्टर पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याहरूबाट पीडित थिए। अमेरिकाका ३९ औं राष्ट्रपति रहेका उनले सन् १९७७ देखि १९८१ सम्म देशको नेतृत्व गरेका थिए।

    इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौतामा मध्यस्थता गर्दै मध्यपूर्वमा शान्ति स्थापना गर्न योगदान दिएकोमा उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

    राष्ट्रपतिबाट अवकाश पाएपछि पनि उनले कार्टर सेन्टरमार्फत नेपाललगायत विभिन्न देशहरूमा सामाजिक कार्यहरूमा सक्रियता देखाएका थिए।

    गत वर्ष नोभेम्बर १९ मा उनकी पत्नी रोजालिन कार्टरको पनि निधन भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ