काठमाडौं : इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले डकुमेन्ट स्क्यान गर्न मिल्ने नयाँ सुविधा उपलब्ध गराएको छ। यसले प्रयोगकर्ताहरूलाई झन् सहज र छरितो बनाउने अपेक्षा गरिएको छ।
ह्वाट्सएपको नयाँ भर्सन २४.२५.८० मा समावेश गरिएको यो फिचर सुरुवाती चरणमा आईओएस प्रयोगकर्ताहरूका लागि सार्वजनिक गरिएको छ। यसका माध्यमबाट अब प्रयोगकर्ताहरूले छुट्टै डकुमेन्ट स्क्यानर एप डाउनलोड गरेर प्रयोग गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्।
यस फिचरमार्फत ह्वाट्सएपकै क्यामेरा अप्सन प्रयोग गरेर सजिलै डकुमेन्ट स्क्यान गरी इच्छाएको अकाउन्टमा पठाउन सकिन्छ।
ह्वाट्सएपसम्बन्धी जानकारी दिने प्लेटफर्म डब्लूए बेटा इन्फोका अनुसार यो फिचर कम्पनीले रोल आउट गर्न सुरु गरिसकेको छ। एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि चाँडै यो सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यो फिचरले प्रयोगकर्ताहरूलाई अझ सहज र व्यावहारिक अनुभव दिने विश्वास गरिएको छ।



