२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एभरेष्ट बैंकले कोशी प्रदेशमा दुई नयाँ शाखा सञ्चालनमा ल्यायो

images

  • २०८१ पुस १२, शुक्रबार
  • 2.1K
    SHARES
  • एभरेष्ट बैंकले कोशी प्रदेशमा दुई नयाँ शाखा सञ्चालनमा ल्यायो

    काठमाडौँ : एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्दै दुई नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ। बैंकले पुस ११ गते फिदिम नगरपालिका–१, पाँचथरमा आफ्नो १ सय ३०औं शाखा र पुस १२ गते फुङलिङ नगरपालिका–४, ताप्लेजुङमा १ सय ३१औं शाखाको शुभारम्भ गर्‍यो।

    यी नयाँ शाखाहरू सञ्चालनसँगै कोशी प्रदेशमा एभरेष्ट बैंकका शाखाहरूको संख्या २० पुगेको छ। बैंकका प्रवक्ताका अनुसार, नयाँ शाखाहरूले कोशी प्रदेशका ग्राहकहरूलाई अत्याधुनिक, दीगो र विश्वासिलो बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यस प्रयासले ग्राहकहरूलाई अझ सरल, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

    एभरेष्ट बैंकले देशभर फैलिएको आफ्नो १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, र १६७ एटिएम मार्फत सेवाहरू उपलब्ध गराइरहेको छ। साथै, बैंकले विश्वव्यापी नेटवर्कको सहयोगमा अत्याधुनिक मोबाइल, इन्टरनेट, र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकता पूरा गर्ने प्रयास गरिरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ