२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एनसीएचएलले मनायो १६ औं वार्षिकोत्सव, उत्कृष्ट संस्थाहरू सम्मानित

images

  • २०८१ पुस १०, बुधबार
  • 1.5K
    SHARES
  • एनसीएचएलले मनायो १६ औं वार्षिकोत्सव, उत्कृष्ट संस्थाहरू सम्मानित

    काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। यो संस्था २०६५ साल पौष ८ गते नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको नेतृत्वमा स्थापना भई राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीको प्रवद्र्धनमा कार्यरत छ।

    स्थापनाको सुरुवातमा एनसीएचएलले म्यानुअल चेक क्लियरिङलाई डिजिटाइज गर्दै एनसीएचएल ईसीसी प्रणाली सुरु गरेको थियो। त्यसपछि नेपाल राष्ट्र बैंकको डिजिटल रणनीतिअनुसार आधुनिक भुक्तानी प्रणाली जस्तै कनेक्ट आइपीएस, एनसीएचएल आइपीएस, कनेक्ट आरटीजीएस, रिटेयल पेमेन्ट स्विच, नेपाल पे र इएफटी सर्भिसेस् कार्यान्वयन गर्दै आइरहेको छ।

    हालसम्म एनसीएचएलले नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

    वार्षिकोत्सव कार्यक्रम

    एनसीएचएलको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संघका पदाधिकारी र एनसीएचएलका वर्तमान तथा पूर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा संस्थामा १० वर्ष पूरा गरेका तीन कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरियो। सम्मानित हुनेहरूमा:

    • मुन्नी राजभण्डारी (प्रमुख सञ्चालन अधिकृत),
    • विष्णु प्रसाद धिताल (प्रोडक्ट लिड),
    • वन्दना लुइँटेल (इनचार्ज कार्ड अपरेसन्स) रहेका छन्।

    उत्कृष्ट कारोबार गर्ने संस्थाको सम्मान

    एनसीएचएलले १२ विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक र सरकारी निकायहरूलाई सम्मानित गर्यो। प्रमुख सम्मानित संस्थाहरू:

    • एनआईसी एशिया बैंक, गरिमा विकास बैंक र आइसीएफसी फाइनान्सले ‘एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन’ अवार्ड प्राप्त गरे।
    • ग्लोबल आईएमई बैंकले ‘एक्सिलेन्स इन ईएफटी कार्ड सर्भिसेस’ र ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल अवार्ड’ पायो।
    • नबिल बैंकले ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिजनेस विथ कर्पोरेट पे’ अवार्ड जित्यो।
    • राष्ट्रिय वाणिज्य बैंकलाई नेपाल सरकारको खर्च र राजस्व डिजिटाइज गर्न खेलेको भूमिकाको लागि विशेष सम्मान प्रदान गरियो।

    सरकारी कारोबार डिजिटाइज गर्न सहयोग गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरियो।

    कारोबार तथ्यांक

    एनसीएचएलका प्रणालीबाट दैनिक औसत ५५ अर्ब रुपैयाँ बराबरका ६ लाखभन्दा बढी भुक्तानी कारोबार हुने गरेको छ। गत आर्थिक वर्षमा १२ करोड ६१ लाख भुक्तानी कारोबार हुँदै १५ हजार ५ सय ७५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार सम्पन्न भएको थियो।

    एनसीएचएलमा हाल ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १ सय भन्दा बढी गैर-बैंक प्राविधिक सदस्यका रूपमा आबद्ध छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ