२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

६७ यात्रु बोकेको अजरवैजान एयरलायन्सको विमान कजाखस्तानमा दुर्घटना

images

  • २०८१ पुस १०, बुधबार
  • 2.7K
    SHARES
  • ६७ यात्रु बोकेको अजरवैजान एयरलायन्सको विमान कजाखस्तानमा दुर्घटना

    काठमाडौँ : ६७ जना यात्रु बोकेको अजरवैजान एयरलायन्सको विमान कजाखस्तानमा दुर्घटनाग्रस्त भएको छ। समाचार संस्था बीबीसीका अनुसार यो दुर्घटना अजरवैजानको अकताउ क्षेत्र नजिकै भएको हो।

    कजाखस्तानको स्थानीय प्रशासनले दिएको जानकारीअनुसार दुर्घटनापछि विमानमा ठूलो आगलागी भएको देखिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार आगोको मुस्लो अकताउ शहरको नजिकै देखिएको थियो।

    कजाखस्तानका आपतकालीन मामिला मन्त्रीका अनुसार, विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरूको उद्धार कार्य भइरहेको छ। दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ