२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भ्वाइस अफ नेपालको मुख्य प्रायोजक ‘क्लोजअप’

images

  • २०८१ पुस ७, आइतबार
  • 1.3K
    SHARES
  • भ्वाइस अफ नेपालको मुख्य प्रायोजक ‘क्लोजअप’

    काठमाडौं : युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यस वर्षको भ्वाइस अफ नेपाल सिजन प्रायोजन गर्ने सम्झौता सम्पन्न गरेको छ। आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले यस सहकार्यमार्फत नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरुलाई उजागर गर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको छ।

    नेपाली संगीतको ठुलो मञ्च मानिने भ्वाइस अफ नेपालले आफ्नो सुरुवातदेखि नै नयाँ गायक-गायिकाहरुको प्रतिभा चिनाउँदै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने प्रयास गर्दै आएको छ। यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ।

    क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरुलाई थप आत्मविश्वास, ऊर्जा र ताजापन प्रदान गर्ने अपेक्षा गरिएको छ।

    सम्झौता समारोहमा युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीतले भन्नुभयो, "क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ। भ्वाइस अफ नेपालसँगको सहकार्यले यो सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो।"

    भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भन्यो, "यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ। नयाँ पुस्ताको प्रतिभा निखार्ने र नेपाली संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने यो महत्त्वपूर्ण कदम हुनेछ।"

    यसअघि पनि क्लोजअपले आत्मविश्वास र ऊर्जा बढाउने विभिन्न अभियान र कार्यक्रमहरुमा सशक्त भूमिका निर्वाह गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ