२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बारबर्दिया नगरपालिकाद्वारा भूकम्पपीडितलाई ५ लाख २५ हजार सहयोग

images

  • २०८० कात्तिक २०, सोमबार
  • 721
    SHARES
  • बारबर्दिया नगरपालिकाद्वारा भूकम्पपीडितलाई ५ लाख २५ हजार सहयोग

    कात्तिक २०, बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि रु ५ लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ। आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट रु ५ लाख २५ हजार दिने निर्णय गरेको हो।

    भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५ लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ