२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मुग्लिन-नौबिसे सडकखण्डमा आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द

images

  • २०८१ पुस ७, आइतबार
  • 1.3K
    SHARES
  • मुग्लिन-नौबिसे सडकखण्डमा आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द

    काठमाडौँ : मुग्लिन-नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्ने कामको लागि उक्त सडक खण्ड बन्द गरिने भएको हो।

    नागढुङगा-मुग्लिन सडक आयोजनाका इञ्जिनियर विजय दरइका अनुसार, सडक बन्द गरि मोड सुधारको कार्य गर्न सुरक्षा समितिको बैठकले निर्णय गरेको हो।

    आजदेखि लागू हुने उक्त बन्दी अवधि बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म हुनेछ। यस अवधिमा भारी र हलुका सवारी साधनलाई तोकिएको स्थानमा रोक्ने व्यवस्था गरिएको छ।

    रोकिने स्थानहरू:

    • पोखरेभिर मोड सुधारको लागि, नौबिसेबाट गजुरी जाने भारी सवारीसाधन गल्छी–बैरेनी, हलुका सवारी साधन जरेखेतमा रोकिने छन्।
    • चितवनतर्फबाट नौबिसे आउने भारी सवारीसाधन चालिसे र हलुका सवारी साधन घाटबेँसीमा रोकिने छन्।
    • विशालटार मोड सुधारको लागि, मुग्लिनबाट मलेखु जाने भारी सवारीसाधन मझिमटार र हलुका सवारी साधन चरौंदी बजारमा रोकिने छन्।
    • मलेखुतर्फबाट मुग्लिन आउने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारी साधन विशालटारमा रोकिने छन्।
    Screenshot_2024-12-22_073253_0GRtdczMZi.jpg

    एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई विशेष व्यवस्था गरी छाडिनेछ।

    सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सबै सवारी चालकलाई अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ