२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वर्षा र हिमपातको सम्भावना: चिसो बढ्दै

images

  • २०८१ पुस ७, आइतबार
  • 1.7K
    SHARES
  • वर्षा र हिमपातको सम्भावना: चिसो बढ्दै

    काठमाडौं: नेपालको पश्चिमी भूभागमा चिसो बढ्ने क्रम पुनः सुरु हुने भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालमा बदली, हल्का वर्षा र हिमपातका कारण तापक्रम घट्ने जनाइएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कर्णाली प्रदेशमा आजदेखि यो प्रणालीको प्रभाव देखिन थालेको छ। वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबारबाट प्रणालीको असर लुम्बिनी प्रदेश हुँदै काठमाडौँसम्म पुग्नेछ। "पश्चिमबाट पूर्वतर्फ आउँदा प्रणाली कमजोर हुँदै जान्छ, जसले गर्दा काठमाडौँमा सामान्य बदली र छिटपुट वर्षाको सम्भावना छ।" उनले बताइन्।

    पश्चिमी क्षेत्रका हिमाली भागमा हिमपात र तराईमा चिसो बढ्ने देखिएको छ। लुम्बिनी प्रदेशमा प्रणाली कमजोर हुने भएकाले त्यसको असर मध्यमस्तरमा सीमित रहनेछ।

    हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। तर बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

    आगामी २४ घण्टामा सम्भावित असरहरू

    • कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट हल्का वर्षा र हिमपातको सम्भावना,
    • बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना,

    महाशाखाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात र हवाई उड्डयनमा असर पर्ने भएकाले सतर्क रहन सुझाव दिएको छ।

    यसअघि मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो महसुस गरिएको थियो। काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको थियो।

    आगामी दिनमा पश्चिमी वायुको प्रभाव अझै केही समय कायम रहने सम्भावना भएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ