२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’: पठाओ सुपरफेस्ट सुरु

images

  • २०८१ पुस ६, शनिबार
  • 1.7K
    SHARES
  • ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’: पठाओ सुपरफेस्ट सुरु

    काठमाडौं : राइड-शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘पठाओ सुपरफेस्ट’ सुरू गरेको छ। ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ नारासहित आजदेखि पुस २६ गतेसम्म चल्ने यो उत्सवलाई एलियन जोडीको थिमले थप आकर्षक बनाएको छ।

    सुपरफेस्ट अवधिभर ग्राहकहरूले फुड र राइड सेवामा ८० प्रतिशतसम्म छुट, विशेष अफर र बम्पर उपहार जित्ने मौका पाउनेछन्। पठाओका निर्देशक सुरक्षा हमालका अनुसार, प्रत्येक राइड वा फुड अर्डर गर्दा प्वाइन्ट्स प्राप्त हुनेछन्, जसलाई पठाओ एपको ‘डिल्स’ सेक्सनमा प्रोमो कोड र अफरका लागि प्रयोग गर्न सकिन्छ।

    विशेष अफर

    • राइड र फुड सेवामा ८०% छुट
    • केचप किन्दा पिज्जा फ्री, बर्गर किन्दा अर्को बर्गर फ्री
    • रु. १ मा विशेष मेनु: दुई क्रन्ची चिकन बर्गर, बीबीक्यू चिकन विङ्स, चिकन राइस बाउल, मिट लभर्स पिज्जा वा चिकन बिर्यानी
    • प्रत्येक फुड अर्डरमा स्योरशट स्क्र्याच कार्ड, जसमा विभिन्न ब्रान्डहरूमा छुटहरू

    अतिरिक्त अफर

    • यति एयरलाइन्स फ्लाइट बुकिङमा रु. ५ सय छुट
    • माक्कुसे प्रडक्टमा १०–१५% छुट
    • वन्डरल्याण्डका खेलहरूमा विशेष छुट
    • मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफस्टाइल र इना सेन्टरजस्ता ब्रान्डका उपहार ह्याम्पर

    बम्पर उपहार

    सुपरफेस्टको मुख्य आकर्षण आईफोन १६ जित्ने मौका हो, जुन एक जना भाग्यशाली विजेताले प्राप्त गर्नेछन्।

    टिक्सर्ट प्रतियोगिता

    ग्राहकहरूले ‘मिस्टर हुलहुल’ र ‘मिसेस हुलहुल’सँग टिकटक भिडियो बनाएर अपलोड गर्न सक्नेछन्। सर्वाधिक लाइक, शेयर र भ्युज प्राप्त गर्ने विजेताले रु. १० हजार नगद पुरस्कार जित्नेछन्।

    गुरिल्ला मार्केटिङ

    प्रचारका लागि ‘मिस्टर हुलहुल’ र ‘मिसेस हुलहुल’को भेषमा काठमाडौंका विभिन्न स्थानमा गुरिल्ला मार्केटिङ गरिएको थियो।

    यो अफर हरेक दिन बिहान १० बजे देखि राति ९ बजेसम्म उपलब्ध हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ